बनाएको बर्षमा एकचोटी भत्कीने पुल….

गुल्मी, गुल्मीमा बैशाखमै आएको बाढीले दोस्रो पटक झेदी पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथि बन्दै गरेको झेदी पुल बुधबार राति बाढीले बगाएको हो । साँझदेखि नै मुसिकोट लगायतका क्षेत्रमा आएको अत्याधिक बाढीका कारण पुल बगेको हो ।

पुलको हालसम्म तल्लो भागसम्म ढलान भएको थियो । पुल पूर्ण निर्माण हुन आवश्यक अधिकाशं काम सकिन लागेको बेला बाढीले बगाएको जनाइएको छ । पुस महिनाबाट निर्माण सुरु भएको पक्कि पुलको काम जेठको अन्तिम हप्तासम्म सक्ने योजना रहेको थियो ।

त्यसो त उक्त पुल गत बर्ष वैशाख १ गते पनि भत्किएको थियो । यो बर्ष भने बैशाख ३ गते राती भत्केको हो । ढलान गरेको दुई दिनपछि भत्किएको ५८ मिटर लामो पुलको निमार्ण जिम्मा वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले लिएको थियो ।