सांसद चौधरी राहत कोषमार्फत विपन्नलाई विष्णु चौधरीको सय परिवारलाई चामल बितरण
भालुवाङ, प्रतिनिधिसभा सांसद मेटमणी चाैधरी राहत काेष मार्फत युवा समाजसेवी विष्णु चाैधरीलेले एक सय घरधुरी विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान गरेका छन् ।
उनले तुलसीपुर १६, १७ र १९ वडाका विपन्न परिवारलाई राहत प्रदान गरेक हुन् । १९ वडाका सुँगुर खाेला, स्यालापानी लगायतका विकट बस्तीका विपन्न परिवारलाई खाद्यान्न प्रदान गरिएकाे छ । प्रत्येक परिवारलाई एक वाेरा चाम, नुन र तेल प्रदान गरिएको उनले जानकारी दिए ।
असहाय बाल विकास नेपालका अध्यक्ष समेत रहेका चाैधरीले आगामी दिनमा विपन्न पहिचान गरेर वास्तविक खाद्यान्न संकट परेका पाँच सय घरपरिवारलाई राहत प्रदान गरिने जानकारी दिए ।
राहत हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रतिनिधिसभा सदस्य मेटमणी चाैधरीले विपन्नलाई व्यक्तिगतरुपमा राहत संकलन र वितरण गर्न निकै सकारात्मक भएकाे बताए । उनले चाैधरीले विगतदेखि असहाय बालबालिकाकाे पालनपोषण र शिक्षा स्वास्थकाे जिम्मा लिएकाे उल्लेख गर्दै समाजमा रहेका यस्ता सामाजिक व्यक्तित्वहरुकाे उचित सम्मान हुनु पर्ने आवस्यकता औंल्याए ।
राहत वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टिकाराम खड्का, जिल्ला कार्यालय सदस्य सुरामणी वेल्वासे, उद्याेग विभाग प्रमुख गेहेन्द्र बस्नेत, विजाैरी उद्याेग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ याेगीलगातकाे उपस्थित रहेकाे थियाे ।