डोल्पाको मुडकेचुला गाउँपालिकाद्धारा विपद् व्यवस्थापन कोष स्थापना
डोल्पा , डोल्पाको मुडकेचुला गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष खडा गरी सहयोगको अपिल गरेको हो । साथै गाउँपालिकाले कोषमा सहयोग गर्न सबै उद्योगी ब्यवसायीहरूलाइ अपिल समेत गरेको छ ।
बुधबार एक सुचना प्रकाशन गरि गाउँपालिकाले राहतलाई ब्यवस्थापन गर्न बिपन्न समुदायलाइ सहयोग गर्न सहयोगि सबैलाई राहत कोषमा जम्मा गर्न आग्रह गरेको छ ।
सुचनामा भनिएको छ विपदको यस समयमा राहत बितरणलाई एकद्घार प्रणालीबाट सञ्चालन गरी व्यवस्थित गर्नका लागि जनप्रतिनिधि ,कर्मचारी, राजनीतिक दल, उद्योगी व्यापारी,सामाजिक संघ संस्था लगायत इच्छुक व्यक्ति तथा संस्थाहरुलार्ई विपद् व्यवस्थापन कोषमा स्वेच्छिकरुपमा सहयोगको लागि हार्दिक अपिल गर्दछौँ ।
त्यस्तै गाउँपालिकाले बिपद कोषको खाता विपद व्यबस्थापन कोष संचालन तथा व्यबस्थापनक मुडकेचुला गाउँपालिका राष्ट्रिय बाणिज्य बैंक इल खाता नंः ४५२०३०५०४९४०२ मा जम्मा गर्न अनुरोध गरको छ ।
त्यस्तै गाउँपालिकाले चामल, दाल, नुन,तेल,मकै,कोदो,आलु लगायतका अत्यावश्यक खाद्य सामाग्रीहरु जिन्सी सामाग्रीहरु समेत सहयोग स्वरुप उपलब्ध गराउन सकिने जनाएको छ ।
यस्तो छ अपिल