`युवा´

युबा सबै धनको लोभले बिदेश तिर पलायन भए 
गाउँमा केवल बाल बच्चा र वृद्ध बृद्दा बाकी रहे।
फर्की आउ भो बिदेशबाट दिदी बहिनी दाजु भाइ 
सबै मिली कायापलट गरौं अब आफ्नै देशलाई।

तिम्रो रगत पसिनाले अर्काको भुमी मलिलो भयो 
आफ्नै देश सिंगार्नु पर्दछ फर्केर आउ ढिलो भयो।
स्वागत गित गाउद छ्न कोहिलीले मिठा भाकाहरु
तिम्रै स्वागत गर्न तयार छ्न गुराँस फुल्ने पाखाहरु ।

बिदेशमा चलेको जागर स्वदेशमा के नचल्लार ?
मानो रोप्यु भने कम्तिमा पाथी सम्म नफल्लार?
सानो ठुलो काम हुदैन काम त सबै बराबरी हो।
स्वदेशमा लाख कमाउनु बिदेशको करोड सरि हो।

पीडा हुन्छ त्यो बखतमा नुन छरेझै हुन्छ घाउमा 
मान्छे मर्दा शव बोक्ने मलामी सम्म छैनन गाउँमा।
मरिदैन सिस्नो ढिडो गुन्द्रुक आटो खाई बाँचौला 
चाडपर्वमा टप्पा देउडा रोईला गित गाई नाँचौला।

सल्यान