नेपालमा फसेका भारतीय तिर्थ यात्रीलाई मौलाना मशहूद खां नेपालीद्वारा राहत वितरण

कृष्णनगर , कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरुलाई राहत सामग्री वितरण गरिएको छ । नेपालमा लकडाउनको समयमा अलपत्र परेका तिर्थ यात्रीहरुलाई मंगलबार मौलाना मशहूद खांले राहत बितरण गरेका हुन ।

नेपाल भारतको सम्बन्ध रोटी बेटीको र मित्र राष्ट्र भारत उत्तर प्रदेश बलरामपुर जिल्लामा घर भएका ३६ जना तिर्थ यात्रीहरु नेपालको त्रिवेणी धाममा तिर्थ यात्रामा आएका थिए ।

यात्रा पूरा गरि आफ्नो देशमा फर्कने क्रममा कोरोना भाइरसको त्रासको कारणले नेपाल भारत दुबै देशमा लाकडाउन भइ सीमा नाकाहरु समेत सिल भएको कारणले तिर्थ यात्रीहरु कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं१ सेमरा मा दुइ हप्ता देखि फसेका थिए ।

उक्त बिषयको जानकारी प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पाउन साथ आफ्नो सहयोगी राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी,हेरा शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्की, सम्बन्धित वडा अध्यक्ष टुंग नाथ चौधरी र पत्रकारहरुको साथ तिर्थ यात्रीहरु रहेका स्थलमा पुगी चामल ७० किलो, २५ किलो दाल, २५ किलो पिठो, २५ किलो आलू, खाने तेल, नून लगायतका समाग्रीहरु हस्तान्त्ररण गरेका हुन ।

दिदै प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भने आफूहरु जाति धर्म हेरेर होइन वास्तविक पिडितको आधारमा राहत दिदै आएका छौँ। भारतीय तिर्थ यात्री नेपालमा फसेको हेर्दा आफू लाई निकै दुख लागेको उनको भनाई थियो ।