यहि सोच्दी हुन आमा के लाउला के खाला भनेर…

यहि सोच्दी हुन आमा के लाउला के खाला भनेर ।
आज आउँछ कि भोलि आउँछ भन्दै औंला गनेर ।

मेरो बचपन ढिडो खाई टालेको लगाई कटेको हो
कहाँ सक्छु त्यति महंगो मेकप सङ्गै टाला किनेर ।

हिजो मेरा नजरमा हिरा जस्तै चम्किला मुहारहरु
अरे यार आज किन गए कोइला जस्तै काला बनेर ।

मेरो नाबालक भाइले भन्यो म बाच्छु हजुर मर्नु हुन्छ
उनिहरुले रोगबाट बाच्न चंन्दन लगाएछ्न दैला खनेर।

कर्णाली प्रदेश , कालिकोट
हाल : चितवन नेपाल