नयाँ वर्ष २०७७ को मुखमै किन लाग्यो ढुंगा ?

आजको २१औं शताब्दि कस्तो शताब्दि भयो ?,विज्ञान किन आज लाचार छ ?  आजको मानव किन डराउनु पर्ने भयो ?  किन नि शब्द छ आजको मानव ?  के भो ब्रहमान्ड लाई आज किन हुदैछ विश्व अर्थतन्त्र तहसनहस किन ? मानिस देखि मानिस डराउनु पर्ने स्थिति देखा पर्न गयो  ? र के अबको मानव के ढुंगे युगमा फर्किन लागेको हो त ? यावत प्रश्नको उत्तर आम मानिसमा कौतुहलतको वातावरणका साथ सुरु भयो नयां बर्ष २०७७ ।

वास्तवमा आजको युगलाई हामी २१ औं शताब्दि एवम् विज्ञान र प्रविधीको युगका रुपमा स्विकार गरेका छौं । हिजो मानिसले विश्वलाई आक्रान्त पार्ने गरी गरेका विविध खालका गतिविधिको कारण आजको मानवमा फरक खालको वातावरण देखापरेको हो । हिजो विश्व हल्लाउने भनिएका देशहरु ऋाज किन निराशको वातवरणमा रुमलिनु परेको छ ।

े ति देशले आजको समयकोपरिकल्पन गरेका थिएनन् । के हिजो संसारलाई एकै छिनमा ध्वस्त पार्ने परिकल्पना गरेको अमेरिका किन चिरकारमा डुबेको छ रुहिजो आफुलाई साम्यवादिका रुपमा विश्वमा कसैलाई नटेर्ने चीनले आफुलाई र आफनो भूमिमा विश्व आक्रान्त पार्ने खालको रोग उत्पादनको केन्द्रविन्दुको संज्ञा पायो । आजको समयमा आफुलाई अब्बल ठान्ने ईटली, जापान, स्पेन, फ्रान्स, दक्षिन कोरीया जस्ता मुलुकहरुले मृत्युलाई कुरीराख्ने वाावरणमा परिवर्तन आउन सकेन । आज विश्वमा आफुलाई नयां मुलुक एवम् शक्तिशालि सावित गर्न खोजेको भारत किन मौन छ ।

हिजोको संसारलाई बृफुकमा सावित गनृ खोजेको विज्ञान आज आफमा लाचारपनमा सदाझैं निसम्म सुतेको छ । हिजो १४ वर्ष बनवासको समयमा अयोध्यामा सितालाई रावणले हरण गरेर लंका पुर्याउदा उनले नि निर्धारित लक्ष्मण रेखा तोडेर त्यो घटन रामले खेप्नु परेको रामायणलाई कैयन महां धर्मकारी भनाउंदाले अस्विकार गरे ।

आज मानिसले आफुलाई सचेत अब्बल प्राणीका रुपमा साबित गर्ने क्रममा आफैले तयारगरेका साधन स्रोतले आफैलाई ध्वस्त बनाउंदै छ ।

हिजो हिन्दु दर्शले नमस्कारको नैतिकतालाई कैयन धर्मले हात, कांध , कुम मिलाए । तर आज ति धर्मले नि हातनमिलाउने तर नमसकार गर्ने कुराको प्रचारबाजी र सन्देश दिईरहेका छन् । हिजो मानवले आफुलाई सचेत तथा सर्वस्रष्ठ प्राणी ठानिरहदा अन्ने प्राणी आज स्वतन्त्र हुदा किन बांधिएर घरभित्र खुम्चिएर , डराएर त्यो पनि परिवारबाट नै डराई डराई बस्नुपरेको तितो यथार्थ सहित सुरुवात र प्रारम्भ भयो नयां वर्ष २०७७ ।

चन्द्रमामा बस्ति बसाल्ने जमर्काे गरेको अमेरीका, मिसायलबाट विश्व थर्कमान गर्ने उत्तरकोरीया, आफुलाई हरेकचिजमा अब्बल ठान्ने चीनले किन तयार गर्न सकेनान कोभिड १९ भाईरसको औषधी । जापाले वारेन्टि र ग्यारेन्टिका सामान उत्पादन गरेर विश्व अर्थतन्त्रमा आफुलाई अब्बल ठानिरहदा किन तयार गर्न सकेना कोभिड १९ को ईन्जेक्सन ।

आजको समयसम्म विश्वमा १९ लाख बढि कोरोना १९ ले संक्रमित र १ लाख बढिको मृत्यु भईरहदा किन मौन छन् विश्वका महान वैज्ञानीक प्रश्न उठ्ने गरेका छन् । दोस्रो जनयुद्दपछि यदाकदा द्दन्द्द , कलह, युद्द र नरसंहार भएपनि आजको जस्तो मानिस दृखि मानिस डराउने समय थिएन । विश्वका विकसित ठानिएका मुलुकको अर्थतन्त्र, सेना, जेट, रकेट एवम् मिसायलको कुनै काम देखिएन । बरु त विकाशोन्मुख एवम् अलपविकसित मुलुकले समयमै लकडाउनको प्रयोग गरे किनकि यो नगर्दा यि मुलुकको विकल्प नि थिएन ।

एकातिर साधनस्रोतको अभाव , कमजोर अर्थतनत्र र आधारभुत आवश्यकताको जोहोमा लागेका यि मलुकमा सबैभन्दा बलियो र राम्रो उपाए नै लकडाउन हो र गरे र त आज अन्ने विकसित देशको जस्तो मानविय क्षति भएको छैन र नहोस पनि । नेपालको हकमा १९९० को महांभुकम्प, २०२८ सालको भोकमारी, २०४६ सालको जनआन्दोलन,२०५१ देखि २०६२र०६३ सम्म चलेको १० वर्षे जनयुद्दको समयमा पनि डरत्रासमा नरुमलिएका नेपालीहरु आज आफनो परिवार, ईष्टमित्र, आफन्त, आदरणीय, पुजनीय, ढोगनिय देखि लुकेर , डरायर त्रसित वातावरणमा बस्नुपर्ने वातावरणका साथ प्रवेश गरेको छ नयां वर्ष ।

हामीले हाम्रो संस्कार , नैतिकता, जिम्मेवारी, कर्तव्य र आधार बिर्सेकाले विश्वतहसनहस हुनुमा कलिको प्रभाव भएको तथ्य विविध धर्मग्रन्थमा उल्लेख छ । आज मानिसले आफुलाई सचेत अब्बल प्राणीका रुपमा साबित गर्ने क्रममा आफैले तयारगरेका साधन स्रोतले आफैलाई ध्वस्त बनाउंदै छ ।

मानिसको अहंकार,घमन्ड, रिसराग, ईष्र्याको कारण एकले अर्काेको खुटट्तान्ने प्रवितिको कारण यो विकराल समस्या आएको कुरामा कसैको ध्यान पुग्न सकेको छैन । आखिर के पो रै छ र जीवन एकैछिनको लोभ, पाप, स्वार्थ र अहमताले गर्दा एकले अर्काेलाई नटेर्ने वातावरणको सिर्जन भएको हो । आखिर यि सबै कुराचाहिं जीवित हुदामात्र हो भन्ने कुरा बिर्सियो । हामिलाई हामी जीवित हुदा आवश्यक पर्ने त आधारभुत आवश्यकता जस्तो कि गांस, बास, कपास, शिक्षा, स्वास्थ्य र यौन एवम् उसलाई उ बिरामी हुदा औषधी उपचार गर्ने गरी संघर्ष गर्दा नि मात्र हुन्छ ।

विलय हुने कुराको दुईमत नहुदा नि हामी किन लडिरहेका छौं । आजको आक्रान्त विश्वको अवस्था नियाल्दा यहि विकसित र दादागिरी जमाईराखेका मुलुकलाई तहसनहस पारिरहेको छ । चीनबाछ सुरुवात भएको कोभिड १९ पश्चिमी मुलुकमा गएर फैलियो । नेपाल त यो देशको सिमा जोडिएको मुलुक हो किन प्रबेश गरेन ।

नेपालमा बाहिर गएका नेपाली यदि प्रबेश नगरेको भए आउंथ्यो वा आउन्न्थियो भन्न सकिदैन । हिजो राजाले जयदेश जयनरेश जय पशुपतिनाथ भनेको त लागेन जिज्ञासा उब्जिने गर्दछ । आज त्यो शक्तिको कुरामा विश्वास त गदैनान् तर मोदिले उर्दिगर्ने वितिकै हामी रातारात थाली,भांडा ढयाग्रो ठोक्न पछि परेनौं । यो विकराल समयमा प्रबेश गर्यो नयां वर्ष २०७७।
हाल विश्वको अवस्थालाई नियाल्दै जाने हो भने नेपाल सरकारले गरेको घरमा बसौं , अरुको घर नजाऔं, अरुसंग नछौं भन्ने कुरामा सत्यता छ । यसमा सबैको हित छ र कल्याण छ ।

तर यसो भन्दैमा सबैकुराको समस्यासमधान हुने देखिदैन । अदुरदृष्टि निति, अल्पकालिन निर्णयले हामी जस्ता मुलुकमा महांमारी फैलिने वितिकै सखापको स्थिति नआउला भन्न सकिदैन । दैनिक ज्यालादारी गर्ने स्रमिक भोकभोकै मर्ने वातावरण देखा पर्न गयो । त्यतिमात्र कहां हो र जागिरे जीवनमा निर्भरहरु पनि सरकारले कमयमा तलब नदिदा त झन भयावह आउने कुरामा सरकारको ध्यान गएको छ वा छैन । बैंकबाट रिणलिएर आफनो पेशा र व्यावसाय गरेका हरुले कसरी ब्याज र सांवा तिर्ने के १० प्रतिशत छुट र असारसम्म तिर्न मिल्ने व्यवस्था हुदैमा उनिहरुका समस्या समधान होला ?

सुरुमा १ अनि ३ को क्रममा लम्किएको कोभिड आजसम्ममा १३ को संख्यामा पुगिसको छ । आज निकै संक्रमित भएका मुलुकको अवस्था हिजो त्यस्तै थियो त । आज हामिले गरेको लकडाउनलाई खुकुलो तत्तकाल पार्ने हो भने केहि समयछि नेपालमा पनि त्यो समस्या देखिन्छ । यो सवालको कुरालाई समयमै सरकारको ध्यान गएर अझैपनि लकडाउन बढाउनु आबश्यक । तर यसका लागि सरकारले आफनो दिर्घकालिन रणनतिको व्यवस्था गरोस ।

बैशाख १५ मा सरकारले ल्याउने नीती तथा कार्यक्रम , जेठ १५ मा ल्याउने बजेट हाललाई केहि बाधा पुर्याएता पनि यसको समयमै राम्रो व्यवस्था गरोस । नयांवर्षले विकराल समयमा प्रवेश गरेको छ । नेपालभ्रमन वर्ष २०२० लाई संकट पादैं पेखापरेको छ । महांविकरालमा जुध्ने गरी, राष्टिृय गौरवका आयोजनालाई निकै संकटमा पादैं प्रवेश गरेको छ नयां वर्ष २०७७ । यो रोगको मूख्य उपचार लकडाउन हो । घरमा रमाई रमाई परिवासंग बस्नू हो । नमस्कार गर्नु हो । हामीले सरकारलाई सहयोग गर्नु हो । कोभिड १९ संग लड्नु हो । हामी र हाम्रो समुदाय, राष्ट र विश्वजगतलाई महांमारीबाट मुक्त गराउनु हो ।

अब हामी यी सबैखाले समस्याबाट मूक्त भएर अर्थ नितमिा सुधारगरी आउंने दिनमा मानवदेखि मानव डराउंने वातावरण तयार गरी देशको उन्नति र प्रगतिमा जुटौं । यसरी नयांवर्षलाई स्वागत गरौं रमाऔं , जमाऔं । कोभिड १९ भगाऔं लाग्ने वातावरण नगराऔं यदि लागेनि मरिहालिदैन । आतिहाल्नु पर्ने छैन ।अस्तु !

लेखकः  शिक्षण समिति प्रमुख पाठ्क्रम तथा मूल्याङ्कन विभाग बागेश्वरी बहुमुखी क्याम्पस काेहलपुर बांकेमा कार्यरत हुनुहुन्छ ।