अध्यक्ष बमको नयाँबर्ष दलित तथा बिपन्न परिबारको घर घरमा
कालिकाेट, पलाँता कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले यसपालीको नयाँ बर्ष दलित तथा बिपन्न परिबारलाई भेटेर मनाएका छन । नयाँ बर्ष २०७७ को आगमनसँगै अध्यक्ष बमले सुखदुख साटन दलित परिबार रोजेका हुन ।
पलाँता गाउँपलिकाको वडा न ९ का ६७ जना दलित घरपरिवारलाई प्रति घर ३० केजि चामल र दुई केजि नुन ए एनबि हस्पिटलको तर्फबाट हस्तान्तरण गर्दै नयाँ बर्ष मनाए ।
अध्यक्ष बमले जनताको सुखदुखमा आफु साथमा रहेको भन्दै न्यास्रो अनुभुति हुन नदिन नयाँ बर्षको दिन यो कार्यक्रमको आयोजना गरेको बताए ।अध्यक्ष बमले भने याे जटिल परिबेशमा बिपन्न दलित तथा बिपन्न परिबारकाे पिरमर्का बुझ्न याे कार्यक्रमकाे आयोजना गरेकाे जिकिर गरे ।
अध्यक्ष बमले दिएको खाद्यान्न बुझ्दै ७५ बर्षिय आईते दमाईले अध्यक्ष बम जनप्रतिनिधि मात्रै नभएर आफना साक्षात्कार भगवान भएको बताए । त्यस्तै ४५ बर्षिय लक्षे कामिले भने अहिलेका अध्यक्ष सरकार नभई हाम्रा भगवान हुन दुखसुखमा छन हामी खुशि छाैँ सँधै उहाँकाे साथ पाइरहाैँ ।
साथै अध्यक्ष बमले रेडियो पलाँता आवजको बार्षिकउत्सवको अबसरमा सबैलाई सुचनाको अधिकारबाट बञ्चित नहुन भन्दै शुभकामना समेत ब्यक्त गरेका छन ।