डोल्पाको ठुलीभेरी नगरपालिकाद्धारा विपद् व्यवस्थापन कोष स्थापना

डोल्पा , डोल्पाको ठुलीभेरी नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष कोष स्थापना गरेकाे छ । साथै नगरपालिकाले काेषमा सहयोग गर्न अपिल समेत गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यनीकरण गर्न राहतकोष खडा गरी सहयोगको अपिल गरेको हो ।

आइतबार एक सुचना प्रकाशन गरि नगरपालिकाले राहतलाई ब्यवस्थापन गर्न र एकद्धार प्रणाली लागु गर्न सहयोगि सबैलाई राहत कोषमा जम्मा गर्न आग्रह गरेको छ । सुचनामा भनिएको छ विपदको यस समयमा राहत बितरणलाई एकद्घार प्रणालीबाट सञ्चालन गरी व्यवस्थित गर्नका लागि जनप्रतिनिधि ,कर्मचारी, राजनीतिक दल, उद्योगी व्यापारी,सामाजिक संघ संस्था लगायत इच्छुक व्यक्ति तथा संस्थाहरुलार्ई तपिशलको विपद् व्यवस्थापन कोषमा स्वेच्छिकरुपमा सहयोगको लागि हार्दिक अपिल गर्दछौ ।

त्यस्तै नगरपालिकाले बिपद कोषको खाता विपद व्यबस्थापन कोष संचालन तथा व्यबस्थापन ठूलिभेरी नगरपालिका सिटिजन्स बैंक खाता नंः ०९४०१०००००००२२०१ मा जम्मा गर्न अनुरुोध गरको छ । डोल्पा त्यस्तै नगरपालिकाले चामल, दाल, नुन,तेल,मकै,कोदो,आलु लगायतका अत्यावश्यक खाद्य सामाग्रीहरु र स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधि, उपकरण लगायतका जिन्सी सामाग्रीहरु समेत सहयोग स्वरुप उपलब्ध गराउन सकिने जनाएको छ ।