जन्मभुमि प्रतिको कर्तव्यलाई कसैले नभुलौँ…

बाजुरा जिल्लाको एक पिछडिएको मेरो जन्म भुमि जगन्नाथ गाउँपालिका सबै युवाहरूमा पहिलो कर्तव्य आफ्नो भुमिप्रतिको कर्तव्य अथवा जिम्मेवार सबैमा बराबर रहनु सबैको दायित्व हो । बिभिन्न ठाउँबाट एक जुटहुन सबैमा आग्रह छ । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात जन्म दिने आमा जन्मदिने भुमि सबैका लागि उत्तिकै महान हुन्छन् । उत्तिकै प्रतिभाशाली पनि हामी देशबिदेशमा पनि थुप्रै बाजुरेली दाजुभाइ छौ । जो जन्मभुमि भन्दा निकै टाढा छ । हामीमा जन्मभुमि प्रति माया र सद्भाव अथक छन् ।

त्यसैले पनि जन्म भुमिप्रति केही गरौँ भन्ने सोच थुप्रै बाजुरेली युवा भित्र गुम्सीयर रहेका मनमा अथक दुःखले चट्टानको रुपलियका छन् । यो दुखको चट्टान फोड्न अबश्य युवा साथिहरू एक जुट हुन आवश्यक छ । मन भित्रको चट्टान लाई चट्याङ सोरूप बदन्न हातेमालो आवश्यक छ । र यसलाई एकतामा बाँधे प समन्नती समाजको निर्माण गरि समृद्ध वाजुराको जगन्नाथलाई निर्माणमा जुट्न आहवान गर्न सबैको कर्तव्य छ । हामी आफ्नो ठाउँ , टोल ,स्थानबाट जुट्न र गलतको बाटो रोज्नेहरूलाई सत्य सावित गर्न सिकाउनु पर्छ ।

यसैमा जगन्नाथ को विकास र समृद्धिमा टेवा पुग्ने छ । र संख्याको हिसाबले थोरै छ । तर एकता र भावनात्मक हामी सबैले अडिक हुन आवश्यक छ । यहाँका गहन समस्यालाई मध्यनजर गरेर जस्तैः शिक्षा, स्वास्थ्य, साँस्कृतिक , कृषि , आर्थिक, सामाजिक बिषयलाई मध्यनजर गर्न अव्वल ठान्नेहरूलाई यो विषयमा छलङ्ग पार्न हामी सबै एक जुट हुन यो जगन्नाथ को परिवेश ले जरुरी ठानेको छ । सामाजिक विकास र समाज परिवर्तनको चाहाना सबै नागरिकमा छ।

नागरिक ब्यक्तिगत रुपमा यस्तो चाहाना पुरा गर्न सक्दैन । एक जनाले एक थुकी सुकी, सय थुकि नदि भनेजस्तै एक्लैले जलजलामा घर बनाउछु भन्दैमा सम्भव छैन । त्यसैले एक जुट हनु सबै युवा देश बिदेशमा छरिएर रहने साथिहरूमा दुई हात जोडी अपिल गर्दछु । सबैको ध्यान पुगोस जगन्नाथ गाउपालिकामा चस्न पेल्केका किन्नाफ बर्ताहरूलाई जगन्नाथ को नागरिकदेखि युवा पिडितको सपना छलङ्ग गर्न आवश्यक छ । युवाको एकताको स्वाद को सन्देश दिन जरुरी छ ।

एकता आफु र आफ्नो जन्म भमि प्रति बफादार बन्नुपर्छ ।अव सबै युवा ले अबको जगन्नाथ को कथन सुन्ने मात्र नभएर त्यस परिमाण को लक्ष्य को सनौलो बाटो रोजिदिने बेला आएको छ । समृद्ध जगन्नाथ बनाउन युवा साथिको काँधमा ठुलो दायित्व उत्तिकै छ । यो अभियानबाट सबै आ आफ्नो गाउँ,टोल,बाट जागरुकताका साथ लाग्न पर्ने बेला को पाठ पढिसकेका छौ । समृद्ध जगन्नाथ निर्माणमा देश देखि विदेश सम्म छरियर रहेका युवाको भुमिका उल्लेखनीय रहेको छ ।

जगन्नाथ को इतिहास लाई निहालेर सर्वश्रेष्ठ बनाउन सबैको हातेमालो र प्राकृति स्त्रोत सम्पदा र जैविक विविधताको हिसावले समेत जगन्नाथ गाउँपालिका धनि रहेको छ । यस गा।पा मा विकासमा बेमौसमी र मौसमी बहस मात्र नभएर हरेक कोणबाट अपरिहार्य बनेको छ । निष्कर्ष मा स् भौगोलिक दुरीले हामी जतिसुकै टाढा रहेपनि गलतलाई सावित गर्नै पर्छ ।

तर आ आफ्नो टोल र समुदाय प्रति हर्ने हाम्रो दृष्टिकोण फरक हुनेवाला छैन । मातृभुमिप्रति माया सबै युवाहरूमा मुटु भन्दा पनि प्यारो छ । जगन्नाथको समृद्धिको यात्रामा हामी सबैको सफलताले शिखर चुमोस समृद्धि जगन्नाथ बनाउन सबै आ आफ्नो स्थानबाट अगाडि बढौ ।धन्यवाद

बाजुरा हाल काठमाडौं ।