जीवनका प्रत्यक शृङ्खला सङ्गै बिताउला…
प्रकासित मिति : २०७६ चैत्र ३०, आईतवार ०९:०९
प्रकासित समय : ०९:०९
जहाँसम्म यो प्राण रहला सङ्गै बिताउला
जीवनका प्रत्यक शृङ्खला सङ्गै बिताउला ।
नङ मासुको सम्बन्ध झै कहिल्यै नटुटोस्
फूललाई भन्छ त्यो गमला सङ्गै बिताउला ।
आजसम्म यो जिन्दगी न बाँचेरै बाचियो
सिकायौ भने बाँच्ने कला सङ्गै बिताउला ।
परदेशीहरु फर्कनु होस् अब आफ्नै देशमा
यहि माटोमा चालेर पैतला सङ्गै बिताउला ।
सभ्यता रोपेर स्वाभिमान फलाउने क्रममा
यो जिन्दगी परेन भने थला सङ्गै बिताउला ।
जाजरकोट