लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन…

मानौ कि कुनै ग्रहुङ्गो वस्तु पानीमा तैरिन सक्दैन
लासको खुट्टा भएर पनि जमिनमा उभिन सक्दैन ।

यहाँ हरेक वस्तुमा तागत र कमजोरी दुवै हुने गर्छ
माछा जमिनमा कुद्न सिंह पानीमा पौडिन सक्दैन ।

यस्तै ठाउँमा गएर अड्किएको छ हाम्रो सम्बन्ध पनि
जस्तो चुम्बकको समान धुर्व आपसमा खप्टिन सक्दैन ।

तिमी मेरो लागि संसारकै यस्तो अमूल्य उपहार हौ
जो कसैले चाहेर पनि तिमीलाई किन्दिन सक्दैन ।

कसैले मलाई यस्तो नाजुक अवस्थामा छोडेर गयो
मानौ कि एउटा घडीले समय पनि सम्झिन सक्दैन ।

अछाम , हाल नेपालगन्ज ।