दाङको राप्ती गाउँपालिकामा राहत जुट्नेक्रम जारी

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित न्यु राप्ती हार्डवेयरका सञ्चालक तथा समाजबादी पार्टीका केन्द्रिय परिषद सदस्य एवम् दाङ जिल्ला अध्यक्ष, कोरना भाईरस विपद ब्यवस्थापन सहयोग समितिका उपाध्यक्ष होमप्रसाद शर्मा र उहाँका भाई रामप्रसाद शर्माले राप्ती गाउँपालिकाको स्थानीयतह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम सहयोग गरेका छन् ।

दुई दाजुभाईले १ लाख १ हजार रुपैयाँको चेक गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका छन् । राहत रकम बुझ्दै अध्यक्ष सुवेदीले अहिले सबै क्षेत्र एकजुट भएर कोरोना कहरवाट बच्नु र बचाउनु गर्ने बेला भएकोले निजी क्षेत्रवाट पनि सहयोगको आवश्यकता परेको बताएका छन् ।

साथै अध्यक्ष सुवेदीले सहयोग गर्न चाहानेले गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले अपिल गरेको छ ।