गोरखा स्कुल लमहीद्वारा राप्ती गाउँपालिकालाई राहत रकम प्रदान
प्रकासित मिति : २०७६ चैत्र २८, शुक्रबार १८:४०
प्रकासित समय : १८:४०
भालुवाङ, दाङको लमही गोरखा मोडेल सेकेन्डरी स्कुलले राप्ती गाउँपालिकालाई राहत रकम प्रदान गरेको छ कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको तेस्रो चरणका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप स्कुलको तर्फबाट २० हजार रूपैयाँ सहयोग गरेको छ ।
गाउँपालिकाको स्थानियतह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा हुने गरि स्कुलका प्रमुख जिवराज आचार्य तथा प्रतिनिधिले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई सो रकम हरुतान्तरण गरेका हुन् ।
राहत रकम बुझ्दै गाउँपालिका अध्यक्ष सुवेदीले अहिले सबै क्षेत्र एकजुट भएर कोरोना भाइरसको कहरवाट बच्नु र बचाउनु गर्ने बेला भएकोले निजी क्षेत्रबाट सहयोगको अावश्यकता रहेको बताएका छन् । साथै उनले निजी क्षेत्रबाट स्कुलले गरेको सहयोग प्रति धन्यवाद समेत दिएका छन् ।