सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा विपन्न व्यापारीलाई राहत प्रदान
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न व्यापारीलाई शुक्रबार राहत प्रदान गरेको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरि नेपाल सरकारले लकडाउन गरेपछि गरिव तथा विपन्न व्यापारीहरू बढी समस्यामा परेकाले अाफ्नो कार्य क्षेत्र भित्रका १४ जना व्यापारीलाई २५/२५ केजी चामल,२/२ केजी दाल र १/१ लिटर तेल प्रदान गरेको छ ।
कार्य समितिका पदाधिकारी ,सल्लाहकार कर्मचारी तथा व्यापारीहरू र जनप्रतिनिधि बाट संकलित रकमले सो राहत प्रदान गरिएको संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
राहत वितरण कार्यक्रममा संघका अध्यक्ष शान्तराज भण्डारी,निर्वतमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी,उद्योग उपाध्यक्ष युवराज सिंह ठकुरी,महासचिव ईश्वरीप्रसाद,सचिव मदन पोख्रेल, अधिकारी र सदस्यहरू हिमबहादुर रोकाय,जिवराज भट्टराई ,भरत पाण्डे,गिरबहादुर ज्ञवाली, रमेश गाैतम,सल्लाहकार ज्योतीकुमार चाैधरी,प्रेस सल्लाहकार तिर्थराज ज्ञवाली,राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी,कार्यलय सचिव युवराज सुवेदी र पत्रकार ओमप्रकाश गुप्ता लगायतको सहभागीता रहेको थियो ।