अलपत्र नागरिकहरुका लागि मुडकेचुला गाउँपालिकाको राहत प्याकेज घोषणा

डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर अलपत्र परेका बिध्यार्थी ,बिरामी र कामदारहरुका लागि बिशेष राहतको प्याकेज घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नागरीकहरुका लागि बिशेष राहतको प्याकेज घोषणा गरेको हो ।

काम बिशेष या मजबुरी गर्न पढन,वा  बिरामी भएर बाहिर रहेर लकडाउनको बेला अलपत्र परेकाहरुलाई बिशेष राहत प्याकेज घोषणा गरेको गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।

कुसेन्युजसंगक कुरकानी गर्दै अध्यक्ष शाहीले भने कोभिड १९ को महामारीको बेला जो कोहि गाउँपालिकाका नागरीक अलपत्र पर्नु भएको छ भने हामी उद्धार गर्न तत्पर छाैँ । अध्यक्ष शाहीले प्रति ब्यक्ति ३ हजारकाे दरले रकम उपलब्ध गराउने समेत बताए । 

उनले भने गाउँपालिकाले बिशेष राहतको प्याकेज समेत घोषण गरेको छ काेहि नागरिक अप्ठयाराेमा नपराेस भन्ने हाम्राे चाहाना हाे ।  अध्यक्ष शाहीले अलपत्र परेकाहरूलाइ तिन दिनभित्र सम्पर्क सम्पर्क गर्न अनुरोध समेत गरेका छन । उनले भने  गाउँपलिकाका सबै  नागरिकलाइ ३  दिन भित्र सम्पर्क गर्न हुन बिनम्र अनुरोध गर्दछु ।  विभिन्न  परस्थितिका कारण ढिला हुन गएकोमा क्षमा दिनुहुने छ भन्नेमा बिस्वस्त छु।

राहतका लागि नागरिकताको प्रतिलिपी वा परिचय पत्रको प्रतिलिपी र खाता नं सहित निबेदन यस गाउपालिकाको मेल आइडी न ito.mudkechulamun@ gmail.com मा मेल गर्ने वा सम्पर्क  ९९४८७०१३२  कार्यलय समयमा ९९४८७०१३३ नं मा कल गर्न अनुराेध समेत गरिएकाे छ ।  त्यस्तै अध्यक्ष शाहीले सामाजिक सञ्जालमा स्टाटस मार्फत ढिला हुन गएकाेमा क्षामा समेत मागेका छन ।