तिम्रा गोडा धुन म कसरी आउँ…
प्रकासित मिति : २०७६ चैत्र २८, शुक्रबार १०:१३
प्रकासित समय : १०:१३
१)
घर न घाटको हुन म कसरी आउँ
सबको सामु रुन म कसरी आउँ
जीवन दिन्छ्यौ ठानेकोथें सुपारी दियौ
तिम्रा गोडा धुन म कसरी आउँ ।
२)
मह काड, हात चाट पैसो पनि आउँछ
गुन्द्री बुन, कुचो बाट पैसो पनि आउँछ
सितैमा मेरो कुरा काट्दै हिड्नु भन्दा
सैलुन खोल,कपाल काट पैसो पनि आउँछ।
३)
रुनै पर्दैन जुनी जुनी काम बनिहाल्छ
तर्क गर हुनी नहुनी काम बनिहाल्छ
सरकारी काममा ढिलासुस्ती भयो भने
पैसा फाल्देउ टेबुलमुनी काम बनिहाल्छ।
गोरखा हाल कीर्तिपुर काठमाडौं ।