कुशे गाउँपालिकाले बनायो पाँचकाटियामा क्वारेन्टाइन

कुशे गाउँपालिकाद्धारा पाँचकाटियामा क्वारेन्टाइन थापना गरिको छ । कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित रामचन्द्र प्राथमिक बिद्यालयको भवनमा गाउँपालिकाद्धारा क्वारेन्टाइन स्थापना गरिएको हो ।

गाउँपालिका कै बढि जनंख्या वडा नम्बर ५ देखि ९ सम्म रहेको जानकारी दिदै गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले वडा नम्बर ५ देखि ९ सम्मका नागरिकहरुलाई लक्षित गरेर पाँचकाटियामा १५ बेडको क्वारेन्टाइन स्थापना गरिएको जानकारी दिए ।

गाउँपालिकाको प्रवेशद्धारका रुपमा रहेको पाँचकाटिया सुरक्षाका दृष्टिकोणले पनि प्रहरी चौकी भएको बताउदै अध्यक्ष बस्नेतले क्वारेन्टाइनमा राखिएका नागरिकहरुलाई व्याधीले च्यापेपनि जिल्ला अस्पताल लगाएतका सुविधायुक्त अस्पतालमा लैजान यातायातको सजिलो हुने भएको हुदा पाँचकाटियामा क्वारेन्टाइन स्थापना गरिएको बताए ।

विश्व महामारीका रुपमा संसारैभरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट गाउँपालिकाका नागरिकहरुलाई सुरक्षीत राख्न पालिका सरकार जिम्मेवार भएर अगाडी बढिरहेको अध्यक्ष बस्नेतले तर्क गरे । कोरोना भाइरको संक्रमण सम्बन्धिका सचेतनामुलक कार्यक्रमहरु कुनै वडा, टोल र घर नछुट्नेगरि गाउँपालिकाले संचालन गरिसकेको जानकारी दिदै अध्यक्ष बस्नेतले पालिकाका तर्फबाट सेनिटाईजर, मास्क, साबुन, फिल्टर लगाएतका सामाग्रीहरु पनि वितरण गरिसकेको बताए ।

दैनिक ज्यालादारीमा काम गरेर जीवन निर्वाह गरिरहेका श्रमिकहरुको तथ्याङ्क संकलन गरि गाउँपालिकाले राहतको व्यवस्थापन तथा वितरणको कार्यक्रमलाई अगाडी बढाई रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । राहतमा दोहोरो प्रणाली पर्न नदिनुको साथै पारदर्शी र व्यवस्थित गर्नका लागि गाउँपालिकाले राहत वितरण कार्यमा एकद्वार प्रर्णाली लागु गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

छिमेकी, देश, छिमेकी जिल्ला र तेस्रो मुलुकबाट तत्काललै गाउँपालिकामा आएका नागरिकहरुको तथ्याङ्क संकलन गरि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको प्रत्यक्ष निरानीमा उनीहरुलाई होम क्वारेन्टानमा बस्न लगाईएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

भाइरस संक्रमणको शंकास्पद व्यक्ति भेटिएमा वा देखिएमा गाउँपालिकाले उक्त नागरिकलाई पाँचकाटियामा स्थापना गरिएको क्वारेन्टानमा राखि स्वाब परिक्षण गर्ने व्यवस्था मिलाईएको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।