पलपल मरेर जिन्दगी गुजारि रहेछ…

विचरा रहर बेचेर छाक टारि रहेछ ।
पलपल मरेर जिन्दगी गुजारि रहेछ।

भगवान के हेर्दैछस् तँ रमिते बनेर ,
कान फुटेझैं नगर उसले पुकारी रहेछ।

आमाको अन्तिम स्वास भेट्नु छ भन्थ्यो,
सायद भेटेन सरकारको सवारी रहेछ।

हे ईश्वर भनिदेन ती आमाहरूलाई पनि ,
तिमी र तिम्रो छोरी जस्तै बुहारी रहेछ ।

  • सल्यान हाल तुलसीपुर दाङ ।