कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, १६ लाख संक्रमित
प्रकासित मिति : २०७६ चैत्र २८, शुक्रबार २२:४२
प्रकासित समय : २२:४२
काठमाडाैँ, विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण मृत्यु हुनेको सङ्ख्या १ लाख नाघेको छ। शुक्रबार बेलुकीसम्म १ लाख १९६ जनाको मृत्यु भएको जनाइएको छ।
यसबाट सङ्क्रमितको सङ्ख्या भने १६ लाख ४५ हजार ३३४ पुगेको छ भने निको भएकाको सङ्ख ३ लाख ६९ हजार ७९ रहेको छ।
मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै १८ हजार ८४९ इटालीमा छ। अमेरिकामा कुल १७ हजार ९११ जनाले ज्यान गुमाइसकेका छन् भने स्पेनमा १५ हजार ९७० को मृत्यु भएको छ।
सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा ४ लाख ७८ हजार ४ जना छन्। अमेरिकापछि सबैभन्दा धेरै सङ्क्रमण स्पेनमा १ लाख ५७ हजार ५३ जना, इटालीमा १ लाख ४७ हजार ५७७, जर्मनीमा १ लाख १९ हजार ६२४ फ्रान्समा १ लाख १७ हजार ७४९ रहेका छन्।