पचालझरना गाउँपालिकाले बिपन्न सुमदायको लागि गर्यो यस्तो निर्णय

कालिकोट, कालिकोटको पचालझरना गाउँपलिकाले बिपन्न समुदायलाई लकडाउन अबधिमा समास्या परे राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  बिहिबार गाउँपालिकाको कार्यालय जारकोटमा बसेको बिपद ब्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको  हो ।

गाउँपालिकाले तत्काल पालिकामा असहाय, अनाथ, एकल महिला, बृद्धअबश्था र गरिब घर परिवारलाई खाध्य समस्या समाधान गर्न स्थानीय समुदायबाट अन्न केन्द्रीकृत गरि पालिकाले  राहत बितरण गर्ने बताएको छ ।

त्यस्तै लकडाउनको अबधीभर वडा वडामा स्वास्थ्यकर्मी परिचालन गरि घरमै सेवा दिने समेत बताएको छ । पालिकाले प्रत्यक वडामा स्वयंसेवक गठन गरि लकडाउन थप प्रभावकारि बनाउने, निर्माण गरिएका क्वारेन्टाइन घटायर पालिकाको ४ स्थानमा ब्यवस्थित बनाउने बताएको छ ।

भने गाउँपालिकाले बिदेशी तथा स्वदेशमा अलपत्र परेकालाई सम्पर्कमा ल्याई ब्यबस्थापनका लागि पहल गर्ने । त्यस्तै स्वयंसेविकालाई ब्यबस्थित परिचालन गर्ने समेत बताएको छ । पालिकाले बिहिबार मात्रै हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीको लागि धन्यबाद ज्ञापन पनि गरेको छ ।