रेडक्रस सोसाईटी कालिकोटले पचालझरना गाउँपालिकालाई दियो स्वास्थ्य उपकरण

अध्यक्ष सेजुवाले गरे उच्च प्रशंसा

कालिकोट, नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले पचालझरना गाउँपालिकालाई बिभिन्न स्वास्थ्य उपकरण सम्बन्धी समाग्री उपलब्ध गराएको छ । बिश्वभरी फैलिएको कोभिड १९ को महामारीलाई रोकथामका लागि रेडक्रस सोसाइटि कालिकोटले बिहिबार गाउँपालिकाकाे कार्यालय जारकाेटमा बिभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको हो ।

नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रवद्र्धनका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम नेपालगंजको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाद्धारा संचालित स्वास्थ्य तथा खानेपानी, सरसफाइ र स्वच्छताका लागि सामुदायिक सहकार्य कार्यक्रम अन्तर्गत उक्त सामाग्री हस्तान्त्ररण गरेको कार्यक्रमका पचालझरनाका संयाेजक  सुबर्ण कुमाललले जानकारी दिए ।

कुमालका अनुसार नेपाल रेडक्रस कालिकोट जिल्ला शाखाद्धारा संचालित कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत शैलेश श्रेष्ठले गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाललाई बिभिन्न स्वास्थ्य तथा सरसफाइ सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

नोबेल कोरोना भाइरससँग सम्वन्धित फ्लेक्स – १८ थान धारा सहितको ड्रम – ५ थान, पीपीइ सेट– ५ थान, स्यानिटाइजर ४५ बोतल, सर्जिकल माक्स १०० थान, सर्जिकल ग्लोभ्स– १५० थान, साबुन– २५२० थान हस्तान्त्ररण गरिएको थियो ।

नोबेल कोरोना भाइरस कोभिड १९ को महामारी तथा संक्रमणबाट विश्व नै ग्रसित र आक्रान्त भइरहेको वर्तमान अवस्थामा पचालझरना गाउँपालिकालाई पनि उक्त रोग विरुद्ध लड्नको लागि स्वास्थ्य तथा सरसफाइ सामाग्रीहरु वितरण गरिएको र उक्त सामाग्रीहरुको सही सदुपयोग र उचित प्रयोगका माध्यमबाट कोरोना भाइरस विरुद्ध लड्न सघाउ पुग्ने कार्यक्रम अधिकृत श्रेष्ठले बताएका थिए  ।

स्वास्थ्यकर्मीहरुका लागि पीपीई, सर्जिकल ग्लोभ्स, सर्जिकल माक्स र स्यानिटाइजर जस्ता अत्यावश्यक सामाग्रीहरु उपलव्ध गराएकोमा वदालकोट स्वास्थ्य चौकी प्रमुख धर्मराज न्यौपानले खुसी व्यक्त गर्दै रेडक्रसलाई धन्यवाद समेत ब्यक्त गरे ।

साथै सामाग्रीहरु वुझ्दै पचालझरना गाउँपालिकाका अध्यक्ष तथा कोभिड १९ स्थानीय विपद व्यवस्थापन समितिका संयोजक खड्गराज सेजुवालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाले गरेको कामको उच्च प्रशंसा गरे ।

अध्यक्ष सेजुवाले भने महत्वपूर्ण स्वास्थ्य तथा सरसफाइ सामाग्रीहरु उपलव्ध गराएकोमा नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखालाई हृदयदेखि नै धन्यवाद एवं आभार व्यक्त गर्दछु । साथै उक्त सामाग्रीहरु वडा तथा स्वास्थ्य चौकीहरुमा तत्काल पठाउने जिकिरं गरे ।