भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक

सुर्खेत,भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । लकडाउनको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको हो । बैठकमा कर्णाली प्रदेश गाउँपालिका महासंघले देश बिदेशमा अलपत्र अबस्थामा रहेका नागरीकहरुलाई सुरक्षित रुपमा घरसम्मा पुर्याउने बतावरण तयार गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

लकडाउनको बिषयलाई लिएर भिडियो कन्फ्रेन्सबाट  बसेको गाउँपालिका महासंघको बैठकले यो बिपत्तिको बेला सिमादेखि देश बिदेशमा अलपत्र अबस्थामा रहेका नागरीकहरुलाई सुरक्षित रुपमा घरसम्मा पर्याउन आग्रह गरेको गाउँपालिका महासंघका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए ।

अध्यक्ष सेनका अनुसार बिषम परस्थितिको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । यसले औषधी उपकरणहरुको सहज आपुर्तिको बिषयलाई ध्यानकर्षण गराएको समेत बताइएकाे छ  । सेनले भने कर्णाली प्रदेशका समास्या र चुनौति,जोखिमको अबस्थाबारे छलफल भएको छ ।

त्यस्तै जटिल परिबेशमा राहतको सावाल,देश बिदेशमा रहेका नागरीकको उद्धारको र औषधी उपकरणलाई सहज तुल्याउने बिषयमा समेत छलफल भएको बताइएको छ ।