गीत
प्रकासित मिति : २०७६ चैत्र २७, बिहीबार १२:२९
प्रकासित समय : १२:२९
विश्व सारा आज रुहेको छ साथि
कोही छैनौं हामी काल भन्दा माथि ।
भोलि के हुने हो कसले देख्न सक्छ
आइ हाले काल कसले छेक्न सक्छ ।
मरेर जाँदा लानु केही छैन
जिवित हुदैमा गरौं असल कर्म ।
रीस राग सारा अहंकार तोडौं
तेरो र मेरो भन्ने सब छोडौं ।
हामी सबै मानव एउटै नाता जोडौं
विशाल आकाश एउटै छाना ओडौं ।
सबैको चिन्ता एउटै छ साझा
कोही अजम्वरी छैन रैती न राजा ।
यहि सन्देश बाँड्न जुटौंन साथि
कोही छैनौं हामी काल भन्दा माथि ।
नेचा, सोलुखुम्बु