प्रदेशीको प्रश्न ?
कसैले नसोध्नु !
के खोज्न परदेश हिडेका हौ भनेर ?
के खान परदेश हिडेका हौ भनेर ?
कहिल्यै न अघाउने भोक लिएर
ठुला ठुला सपना बोकेका बिमानमा
हरियो राहदानी भित्रको
नेपाली हुनुको प्रमाण बोकेर
आफ्नो स्वतन्त्रता बेचेर
जिन्दगीलाई गुलामि बनाएर
म आएको हु ।
कसैले नखोज्नु !
कहाँ हराएका छौ भनेर ?
कहाँ भेटिन्छौ भनेर ?
कुनै वसन्त कुरिरहेका
आँखा र भोकले बुझुन
म त उजाड मरुभुमिमा हर्राई सकेको छु।
कुनै खुशियालीमा एक सेकेण्ड
सम्झिन नपर्नेगरी,
म त दुःख र आँशुको सागरमा डुबि सकेको छु।
कुरिरहने पूर्णिमाको जुनेली रातले
कुरिरहन नपर्नेगरि,
म त ५५ डिग्रीको घाममा जल्न पुगेको छु।
हजारौं दुनियाँको भिडमा
खोजीरहने आँखाले नभेट्ने गरि,
म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेको छु।
मलाई थाहा छैन।
दिन र रात के हुन ?
हासो र खुशी के हुन ?
आफ्नो र पराई को हुन ?
दिन रात मरिरहनुपर्छ ।
हासो खुशी देख्न पाईदैन।
आफ्नो आफन्त छैनन।
नजवाफ भएको छु
म यतिबेला,
बरु तपाईं भन्नुस ?
के म कुनै मेसिन हु ?
हाल क्यालिफोर्निया, अमेरिका।