हावाहुरीको बितण्डा जाजरकोटमा उडायो बिद्यालयको छाना

जाजरकोट, कुशे गाउँपालिका ५ पशुपति माध्यामीक बिद्यालयको छाना हावाहुरीले उडाएको छ । बुधबार अपराह्न लागेको हावाहुरीले पशुपति माध्यामीक बिद्यालय दम्दालाको स्कुलको छाना उडाएको हो ।

अपराह्न एक्कासी लागेको हावाहुरीले स्कुलको छाना उडाएको स्थानीय चक्र थापाले बताए । थापाका अनुसार बिद्यालयको मुख्य भवनका रुपमा रहको  छाना उडाएको हो ।

टिनले छाएको छाना उाडउनुले बिद्यालयलाई  क्षति पुगेको बताइएको छ । विद्यालयका छाना उडाउँदा लकडाउन खुलेपछि पनि ठनपाठन कार्य प्रभावित हुने समेत बताइएको छ । हावाहुरीले छाना उडाउदा लाखौँको क्षति भएको बताइएको छ ।