दुई मनछुने मुक्तक

(१)
परेली रूझी रहँदा पनि हामी नारीले हाँसी रहनुपर्ने
जिन्दगी दुखी रहँदा पनि हामी नारीले बाँची रहनुपर्ने
हाम्रै देशमा मात्रै यस्तो हो कि अन्तै पनि यस्तै हो ?
पुरूषको औंलामा संधै यसरी नारीले नाची रहनुपर्ने
(२)

तिमी पुरूष हामी नारी फरक यत्तिमात्र हो
तिमी वारी हामी पारी फरक यत्तिमात्र हो
किन यो विभेद हामीमाथी किन यो अन्याय ?
हाम्रो छैन तिम्रो छ दाह्री फरक यत्तिमात्र हो !