लकडाउनको मौका छोपी १४ वर्षिया बालिका बलात्कार !
नेपालगन्ज,बाँके कोहलपुरमा एक १४ वर्षिय बालिका बलात्कृत भएकी छन । लकडाउनको मौका छोपी २ युवाको समुहले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
घोराही नगरपालिका वडा ६ घर भई कोहलपुर ११ एकता नगर बस्दै आएका वर्ष १९ का अंकित गिरी र कोहलपुर ११ बस्ने २० वर्षिय आकाश मल्लले वालिका माथी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा मल्ललाई पक्राउ गरीए पनि गिरी फरार रहेकाले बताइएकाे छ उनको खोजि कार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार गत आईतवार साँझको समयमा कोही नभएको मौका छोपि गिरीले काम छ भन्दै मल्लको घरमा बोलाएर जबरजस्ती करणी गरेको पिडित बालिकाले प्रहरी समक्ष दिएको बयानमा उल्लेख छ ।
उनले सोमबर बिहान प्रहरीलाई जाहेरी दिएकी थिईन । ईलाका प्रहरी कार्यालय कोहलपुरले युवतीको स्वाथ्य परिक्षण गरि प्रारम्भीक अनुसन्धान सुरु गरेको जनाएको छ ।