अचेल बस्तिहरुमा मृत्यु खुलेआम हिडेको छ…

पिताम्बर ओडेर हरागनमा घाम हिडेको छ।
अचेल बस्तिहरुमा मृत्यु खुलेआम हिडेको छ।

पैसाले छोपेर लाज खै कसरी छोपिन्छ मित्र
ईमान हिड्ने बाटोमा स्वयं बदनाम हिडेको छ।

उ भोलिको लास हो स्वयम उसलाई थाहा छ
यो कस्तो रहर बोकेर आज मलाम हिडेको छ।

भित्र भित्रै भोकका छिटाहरु महलसम्म पुगे
बहिर शोकको साइरन बजाई बिराम हिडेको छ।

कालिकोट