बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ ।

 कोरोना भाइरसबाट संक्रमितको संख्या ५५ हजार २४२जना पुगको छ । जसमा एकै दिन ३ हजार ६ सय ३४ जना संक्रमित भएको जनाइएको छ । बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १ हजार ५६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ४८ हजार ९४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।