फ्रान्समा पनि कोरोनाबाट एकैदिन १ हजार ४१७ को मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

एकै ११ हजार ५९ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ६९ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये १९ हजार ३३७ जना उपचारपछि निको भएका छन् । ७ हजार १३१ जनाको अवस्था गम्भीर रहेको छ भने ७९ हजार ४०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।