प्रदेश पाँच सरकारलाई भाटभटेनीको २५ लाख सहयोग

भाटभटेनी सुपरमार्केटले ५ नं. प्रदेश सरकारले स्थापना गरेको कोषमा २५ लाख आर्थिक सहायता प्रदान गरेको छ । कोरोना भाईरस विरुद्धको असिभयानकालागि संघीय सरकारलाई १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो ।

प्रदेश नं। ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भाटभटेनीका तर्फबाट व्यवस्थापक बिनोद भटट्राईले बुधवार २५ लाखको चेक हस्तान्तरण गरे । मुख्यमन्त्री पोखरेलले प्राप्त सहयोगले कोरोना संक्रमणका बिरुद्ध लड्नका लागि हौसला प्रदान गरेको बताए । प्रदेश सरकारले कोरोना भाईरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचारकोषमा निर्माण गरेर सहयोग जुटाइरहेको छ ।

भाटभटेनीले भूकम्पका बेलामा जस्तै ग्राहकहरुका लागि कोरोना संक्रमणका बेला पनि उपभोग्य सामग्रीको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै १० महिनाको लागि सम्पूर्ण प्रकारका खाद्यान्न उपलब्ध गराइरहेको छ ।