कोरोनाले अमेरिकामा एकैदिन १ हजार ९ सयको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ ।

 अमेरिकामा एकैदिन २८ हजार ६०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ६१२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । ९ हजार १ सइ ६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ३ लाख ६१ हजार १४८ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो सुमय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ ।