लकडाउन उलंघन गर्नेहरुलाई बाँके प्रहरीको याक्सन ४८ जना नियन्त्रणमा
नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्नेहरुलाई पक्राउ गर्न इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । प्रहरीले मंगलबारबाट लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको हो ।
मंगलबार नेपालगन्जका बिभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिक सहित प्रहरी परिचालन भएका थिए । स्थानिय विपि चोकबाट सुरु गरिएको कारबाही अभियानका दौरान बेलुका ७ बजेसम्म २ महिला सहित ४८ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ब्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि इम्प्रोभाइज्ड म्यान क्याचर स्टिक निर्माण गरीएको हाे ।
पहिलो दिन पक्राउ परेका ब्यक्तिहरुलाई १ घण्टा प्रशिक्षण दिएर छाडिए पनि निरन्तर लकडाउन उलङ्घन गर्ने बिरुद्ध प्रहरीले कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएके छ ।
स्थानिय स्तरमै उत्पादन गरीएको स्टिक ४/५ फिट लामो भएकाले कुनै पनि ब्यक्तिलाई नछोएरै प्रहरीले नियन्त्रणमा लिन सक्ने बताइएकाे छ ।
तस्बिर: जिल्ला प्रहरी कार्यालय बाँके ।