गोली माउलाई लाग्यो बचेरो उछिट्टियो…
प्रकासित मिति : २०७६ चैत्र २५, मंगलवार १९:४७
प्रकासित समय : १९:४७
जीवन टुक्रिएर एक कप्टेरो उछिट्टियो
गोली माउलाई लाग्यो बचेरो उछिट्टियो ।
एउटै ठेसले दुबैलाई उछिट्याइदियो
तन तिम्रो उछिट्टियो मन मेरो उछिट्टियो ।
परदेश पुग्दा सपना त उछिट्टिए नै
मायालुसंगै पाखा र पखेरो उछिट्टियो ।
कसले हाम फाल्यो तिम्रो नयनमा
मेरो अनुहारै भरी अँधेरो उछिट्टियो ।