समाजिक संस्थाको सहयोग गर्ने नयाँ तरिका, दिर्घरोगीलाई घर-घरमै औषधी पुर्याउँदै

भालुवाङ,  कोरोना भाइरसका कारण भन्दा पनि नियमित औषधी सेवन गर्नेहरू औषधी नपाएर अकालमै ज्यान जान सक्ने भन्दै दाङ देउखुरीको एक संस्थाले विरामीहरूको घर घरमै औषधीपुर्‍याउन थालेको छ ।

दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरू नामक संस्थाले विरामीको घर घरमा औषधी पुर्‍याउन लागेको संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् । विशेष गरि दिर्घ रोग प्रेसर,दम, सुगर ,थाइराइड, मुटु तथा मानसिक रोगका विरामीले सेबन गर्ने औषधी र जेष्ठ नागरिकहरूलाई घरमै औषधी पुर्‍याउने गरेको अध्यक्ष केसीले बताएका छन् ।

मेडिकल पार्टनर गुराँस फार्मेसीको सहयोगमा विरामीले प्रत्येक दिन बेलुका ५ बजे सम्म पर्चाका आधारमा गुराँस फार्मेसी राप्ती गाउँपालिका राप्ती गाउँपालिका १ भालुवाङको सम्पर्क म्यासेजमा वा फेसबुक पेजमा औषधीको नाम लेखेर पठाउनु पर्ने वा सम्पर्क नम्बर ९८६६७३२५४८ मा औषधीको नाम टिपाउन केसीले आग्रह गरेका छन् ।