दाङमा युवा क्लवको सक्रियता, स्वास्थ्य र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

भालुवाङ, दाङ देउखुरीको एक युवा क्लवले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको इन्द्रेणी युवा क्लबले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरसको जोखिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पहिलो पङतीमा पर्ने भएकाले सो सामाग्री प्रदान गरिएको क्लवका अध्यक्ष भिम मरासिनीले जानकारी दिएका छन् ।

विभिन्न प्रकारका यात्रु र सेवाग्राहीहरु सँग प्रत्यक्ष रुपमा लसपस हुने भएकोले सोही जोखिमलाई महसुस गरेर क्लबले  सोमवार लालमटिया स्वास्थ्य चौकी भालुवाङ्ग, सिसहनिया स्वास्थ्य चौकी सिसहनिया, इलाका प्रहरी कार्यालय भालुवाङ्ग, ट्राफिक प्रहरी कार्यालय भालुवाङ्ग र सशस्त्र प्रहरी बल भालुवाङ्ग लगायतका निकायलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको हो। क्लवले मास्क, स्यानी टाइजर लगायतका अन्य सामग्रीहरु प्रदान गरेको हो ।