डोल्पाको ठुलीभेरी नगरपालिकाले गर्यो औषधि उपकरण खरिद

डोल्पाको ठुलीभेरी नगरपालिकाले कोरोना भाइरस फैलन नदिने सतर्कताका लागि आवश्यक औषधि र उपकरण खरिद गरेको छ । नगरपालिकाभित्र केही साताअघि फैलिएको मौसमी रुघाखोकी र विश्वभर फैलिरहेको कोरोना भाइरसविरुद्ध पूर्वसतर्कता अपनाउन आवश्यक औषधि र उपकरण खरिद गरेको  नगरपालिका मेयर गशेण बहादुर शाही जानकारी दिए ।

शाहीका हनुसार डोल्पामा चिसो हट्ने र गर्मी सुरु हुने समय यही भएकाले पनि स्वास्थ्य संस्थाहरूमा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेपछि आवश्यक औषधि खरिद गरिएकाे हाे ।

त्यसैगरी कोरोनाविरुद्धको पूर्वसतर्कताका लागि पिपिई, सर्जिकल मास्क, इन्फ्रेड थर्मोमिटर, ग्लोब्स, स्यानिटाइजरलगायतका सामग्रीह खरिद गरेको नगरपालिकाका प्रमुख शाहीले बताए  ।ल आधा सामग्री ल्याएर पनि विभिन्न वडामा वितरण भइसकेको उनले जानकारी दिए ।