लकडाउनका लागि नगरपालिका निक्कै चिन्तित र जिम्मेबार छ- मेयर शाही

लकडाउनको पालना गर्नु हाम्रो कर्तब्य हो

१.लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?

लकडाउनको यो जटिल अवस्थामा असाध्यै गम्भिरता पूर्वक सोचेको छु र अहिले नगरपालिका भित्रै बसेर लकडाउनको चुनौती तथा अबसरको अवस्थाबारे जनताको भावना बुझ्दै छु । निरन्तर फिल्डमै छु । 

२.सम्भावित खतराबाट नगरपालिकालाई सुरक्षित राख्‍न के के तयारी गर्नुभएको छ ?

सम्भावित खतराबाट नगरपालिकालाई सुरक्षित राख्न वडा वडामा व्यापक प्रचार प्रसार र जनचेतनाकाे काम गरिएकाे छ । महामारी राेकथामका लागि अबलम्बन गर्नुपर्ने सबै कुरा गरिएकाे छ । पुर्ण सचेतता अपनाउँदै नगरकार्यसमिति अगाडि बढेकाे छ । भने  औषधीको अभाव हुन नदिन सब‌ैखाले औषधी तथा स्वास्थ्य सामाग्री खरिद गरिसकेकाे छाैँ ।  नगरपालिकाको मुख्य नाकाहरूबाट आवतजावत बन्द तथा लकडाउनको पूर्णरूपमा पालना गराउन सुचना टाँस गर्ने काम भैरहेको छ ।

३. तपाईँको नगरपालिकामा अहिलेसम्म भारत वा अन्य मूलक गएका कति फर्के र उनीहरुलाई कहाँ र कसरी ब्यवस्थापन गर्नु भएको छ ?

हाम्रो नगरपालिकामा भारत वा अन्य मुलुकबाट फर्केका मानिस कुनै पनि छैनन् । देश भित्रैका विभिन्न जिल्लाबाट नगरपालिका भित्र प्रबेश गर्ने सबैलाई ४ वटा क्वारेन्टाएनमा राखेर व्यबस्थापन समेत नगरपालिकाले गरेको छ । नगरपालिका पुर्ण निगरानीमा छ । 

४. यदि यहि अबस्थामा लकडाउन लम्बीययो भने खाद्यान्न अभाव हुन सक्छ, कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?

लकडाउन लम्विएको खण्डमा पनि नगरवासिलाई खाध्यान्न अभाव खासै हुने छैन । किनकी नेपाल खाध्य संस्थानबाट बिक्रि बितरण हुने चामल ४  हजार कुईन्टल स्टक छ । नुनको लागि पनि साल्ट टेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रामा स्टक राख्न लगाईएको छ । यसकाे मतलब हामी सचेतता अपनाइरहेका छाैँ । 

५.धेरैजसो स्थानीय तहमा लकडाउनका पालना नभएको कुरा आइरहेका छन, यहाँकोमा कस्तो छ ?

मैले बुझेको कुरा अहिलेको जटिल अबस्थामा लकडाउन नै महत्वपूर्ण उपाय हो । मेरो स्थानिय तहमा नेपाल सरकारले गरेको लकडाउनको निर्णय पूर्णरूपमा पालना भएको छ । किनकी बिश्वमा मै हुँ भन्नेकाे साताे उडेकाे बेला हामी सचेत हुनुकाे बिकल्प पनि त छैन ।

फेरि लकडाउन थपिएको समय अबधीमा झनै कडाईका साथ लाग्ने व्यवस्था मिलाउँदैछु । नगरपालिका यस मानेमा निक्कै चिन्तित जिम्मेबार छ । 

६.राहत बितरणदेखि स्वास्थ्य सेवाको कामलाई कसरी प्रभावकारी बनाउदै हुनुहुन्छ ?

राहत बितरणका लागि हिजै मात्र नगरकार्यपालिकाको आकस्मिक बैठक बसि राहत बितरण कार्यबिधी पास गरिएको छ । यसकाे मतलब याे हाे कि काेहि काेहि नछुटुन भन्ने हाे । यसलाइ बर्गिकरण गरेर जाने कुरा छदैछ ।  प्रत्येक वडामा लाभग्राहीको बिवरण संकलन गरि ५ दिन भित्र नगरपालिकामा पठाउन सब‌ै वडामा पत्राचार समेत गरिएको छ ।

वडाबाट बिवरण प्राप्त भए पश्चात लकडाउन सकिए लगत्तै राहत बितरण गरिने छ । र स्वास्थ्यका सम्बन्धमा प्रत्येक वडा वडामा आजै औषधि पठाई सकिएको छ । बाँकी स्वास्थ्य सामाग्री र औषधी नेपालगंजबाट गाडीमा आउने तयारिमा छ,स्वास्थ्य सम्वन्धी कुनै कसुर बाँकि रहने छैन ।

र अन्तमाः अन्तरबार्ताका लागि धन्यबाद ।