पुर्बमन्त्री बिष्टद्धारा चौकुने गाउँपालिकालाई सेनिटाइजर सहयोग

सुर्खेत, नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा सन्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले सेनिटाइजर सहयोग गरेका छन । रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै बेस भन्ने मुलमन्त्रका साथ मंगलबार चौकुने गाउँपालिका सु्र्खेतलाई पुर्वराज्यमन्त्रीले सेनिटाइजर सहयोग गरेका हुन ।

चौकुने गाउँपालिकाका नेपाली काँग्रेस पार्टी सभापति मोहन सिंह थापाले चौकुने गाउँपालिकाको कार्यालयमा सेनिटाइजरका सामानहरु सहयोग स्वरुप मंगलबार हस्तान्तरण गरेका छन ।

साथै सोहि गाउँपालिकाका वडाहरु विजौरा, बेतान र लगाममा पनि सेनिटाइजरका सामानहरु वितरण गरिएको छ। विश्व नै महामारि चपेटाको भुमरिमा अल्झि रहेको बेला कोरना रोगको औषधी र भ्याक्सिन बनिसकेको अवस्था छैन ।

त्यसैले महामारी कोरनाबाट बच्ने उपाय भनेकै बारम्बार स्वास्थको सरसफाई र सोसल डिस्टेन्सिंङको पालना गर्नु अपरिहार्य हो पुर्वमन्त्री बिष्टले सेनिटाइजरका सामान सहयोग प्रदान गर्ने क्रममा सुझाव समेत दिए ।