दाङको राप्ती गापामा भारत र तेस्रो मुलुकबाट आएका ३० जनाको स्वास्थ्य परिक्षण

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरूको स्वास्थ्य परिक्षण कार्यक्रम मंगलबार पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि देशनै लकडाउन भएपछि भारत र तेस्रो मुलुकबाट आएका नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीहरूको टोली मंगलबार वडा नम्बर १ र २ मा गएको थियो ।

यसै क्रममा वडा नम्बर १ मा भारतबाट आएका २३ जना र वडा नम्बर २ मा दुवईबाट १ जना,मलेसियाबाट १ जना तथा ५ जना भारतबाट गरि कुल ३० जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गरिएका सवैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

यसै बिच भारत र तेस्रो मुलुकबाट आएका सम्पूर्ण नागरिकहरूलाई सुरक्षित तरिकाले होम क्वारेन्टनमा बस्न स्वास्थ्य शाखा प्रमुख राउतले सवैमा आग्रह गरेका छन् । होम क्वारेन्टनमा बसेका सवैको राप्ती गाउँपालिका र वडा कार्यालयले निगरानी राख्ने बताइएको छ ।

स्वास्थ्य परिक्षण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल,लेखा अधिकृत धनप्रसाद शर्मा,स्वास्थ्य शाखा प्रमुख नारायण राउत, लालमटिया स्वास्थ्य चौकीका डा। पुष्प भुसाल, सिसहनियाँ स्वास्थ्य प्रमुख धनबहादुर खड्का, १ नम्बर वडा अध्यक्ष ताराबहादुर डिसी,२ नम्बर वडा अध्यक्ष जगतबहादुर थापा,वडा सदस्य पुर्णजंग रेश्मी, स्वास्थ्यकर्मीहरू हिमा मरासिनी ,रमा पौडेल लगायतको सहभागीता रहेको थियो ।