४५ वर्षीय बस्नेत चार दिनदेखि सम्पर्कबिहिन, खोजि गर्दिन परिवारको आग्रह

कोहलपुर, बाँके कोहलपुर नगरपालिका वडा नं ८ घर भएका बलबहादुर भनीने असाड बस्नेत चारदिन देखि बेपत्ता भएको बताइएको छ । स्विकाेट ३ सल्यान स्थायी घर भएका हाल काेहलपुर ८ बस्ने बस्नेत बझाङ जिल्लाको देउरा बजारबाट १६ गते देखि बेपत्ता भएका हुन् । कामको शिलशिलामा बझांग पुगेका बस्नेत ४ दिनदेखि  सम्पर्कमा नरहेको पारिबारीक स्राेतले बतायाे  ।

नजिककाे स्राेतका अनुसार  उनिसंगै रहेका साथीलाई घर जान्छु भनेर हिडेका उनि आजसम्म पनि सम्पर्कमा नआउदा परिवार चिन्तित बनेका छन् । बस्नेतको साथमा २ ओटा झोला रहेको उनिसंगै रहेका उनका साथीले बताए ।

 बस्नेत परिवारले बस्नेतको खोजि गर्दिन प्रशासनलाई अपिल गरेको छ । साथै बस्नेतलाई देख्नुहुने माहानुभावहरुले ९८४८२८९४९५ र ९८०८३१७८४९ नम्बरमा सम्पर्क गर्न पनि बस्नेत परिवारले आग्रह गरेकाे छ ।