युवा संगठन रअखिल क्रान्तिकारी रूकुमद्धारा बिपन्नलाई खाद्यन्नको ब्यवस्था गर्न माग

मुसिकोट, अखिल क्रान्तिकारी जिल्ला समिति रुकुम र युवासंगठन रुकुमले बिपन्न परिबारको पहिचान गरि निशुल्क खाद्यन्नको ब्यवस्था गर्न सरकारलाई माग गरेको छ । संयुक्त रुपमा आज एक बिज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारी र युवा संगठन रुकुमले सरकारलाई आग्रह गरेको हो ।

युवा संगठनका अध्यक्ष लय सहानी र अखिल क्रान्तिकारी रुकुमका अध्यक्ष प्रेम प्रशान्त बोहोराले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै पैशा नै नहुने ,केही पैशा खर्च गर्न सक्ने र पर्याप्त पैशा खर्च गर्न सक्ने अबस्थाका परिवारहरुको पहिचान गरि निशुल्क ,सहुलियत दर र शसुल्क खाद्यन्न बितरणको जिम्मा सरकारले लिनु पर्ने बताएको छ ।

बिज्ञप्तीमा भनिएको छ बिरामी ओसारपसार गर्नका लागि आवश्यक साधनको प्रवन्ध गर्न जरुर िछ । त्यस्तै निजि तथा सरकारी स्वास्थ्यकर्मीहरुलाइ पिपिई उपलब्ध गराइ निरन्तर स्वास्थ्य सेवामा खटाउनुपर्ने । (बिरामि चेकजाच गर्न नमान्ने स्वास्थ्य संस्थालाई कार्वाही गर्नुपर्ने समेत माग गरिएको छ । त्यस्तै बिज्ञप्तीमा भनिएको छ । खाद्यन्न आपुर्ति तथा ढुवानी को उचित प्रबन्ध गर्नुपर्ने र खाद्यन्न बेच्न नमान्ने ब्यापारिहरुलाइ कार्वाही गर्नुपर्ने माग समेत गरिएको छ ।

यस्ताे छ बिज्ञप्ति जस्ताकाे तस्तै

विश्व कोभिड -19 को महामारिले आक्रान्त छ ।मानव मन त्रस्त छ ।हजारौं मान्छे मरेका छन,लाखौ संक्रमित छन ।हाम्रो देशमा पनि संक्रमण बड्दोक्रममा छ । आजको दिनमा संसारका सबै मानवहरुको प्रमुख धर्मा कोरोना बिरुद्द लड्नु,बिजय प्राप्त गर्नु र मानव सभ्यताको रक्षा गर्नु नै भएको छ ।यस्तो घोर संकटका बेलामा मान्छेमा मानवता ओतप्रोत हुनुपर्नेमा हाम्रो सरकार भ्रष्टाचारमा मुछिएको आरोप लाग्छ,स्वास्थ्यकर्मिहरुले सामान्य पुर्वरक्षाका साधनहरु नपाएको गुनासो आउँछ,संक्रमण जाँच गर्ने सामाग्रीको चरम अभाव भएको गुनासो आउँछ ।अझ बढी स्वास्थ्य संस्थाहरुले अन्य रोगिहरुको पनि उपचार नगरिरहेको गुनासो र चीत्कार आउँछ ।रोग एकातिर छ भोक अर्को तिर छ ।जनताको घरमा अन्न छैन,गोजिमा पैशा पनि छैन ।पैशा छ तर व्यापारी बेच्न तयार छैन ।आज नेपालमा मान्छे कोरोनाले त मर्छ कि मर्दैन तर अरु सामान्य उपचार नपाएर र पेट भर्न नपाएर मर्न सक्ने सम्भावना बढेर गएको छ ।यता हाम्रो जिल्लाम पनि खाद्यन्न ,नुन, तेलको अभाव भएको र सामान्य बिरामिलाइ निजि मेडिकल र स्वास्थ्य संस्थाले चेकजाँच गर्न नमानेको व्यापक जनगुनासो हामिले प्राप्त गरिरहेका छौ,देशको यस्तो हालत बारे तिब्र चिन्ता ब्यक्त गर्दै हाम्रो जिल्लामा नागरिकको जीवन रक्षाका लागि सरकार संग हामी तपशिल बमोजिमका मागहरु पेश गर्दछौं ।
तपशिल
१- पैशा नै नहुने ,केही पैशा खर्च गर्न सक्ने र पर्याप्त पैशा खर्च गर्न सक्ने अबस्थाका परिवारहरुको पहिचान गरि निशुल्क ,सहुलियत दर र शसुल्क खाद्यन्न बितरणको जिम्मा सरकारले लिनु पर्ने

२- प्रत्यक वडाका प्रत्यक टोलमा भएगरेका प्रत्यक कृयाकलापको रिपोर्ट गर्ने संयन्त्र तयार गरि लकडाउनलाइ प्रभावकारी बनाउनुपर्ने

३-बिरामी ओसारपसार गर्नका लागि आवश्यक साधनको प्रवन्ध गर्नुपर्ने

४-निजि तथा सरकारी स्वास्थ्यकर्मीहरुलाइ PPE उपलब्ध गराइ निरन्तर स्वास्थ्य सेवामा खटाउनुपर्ने ।

५-बिरामि चेकजाच गर्न नमान्ने स्वास्थ्य संस्थालाई कार्वाही गर्नुपर्ने

६-खाद्यन्न आपुर्ति तथा ढुवानी को उचित प्रबन्ध गर्नुपर्ने र खाद्यन्न बेच्न नमान्ने ब्यापारिहरुलाइ कार्वाही गर्नुपर्ने

७-जनतामा सचेतना जगाउने जनताको अगुवा बन्नुको साटो लकडाउन उल्लंघन गर्दै ब्याटमिन्टन खेल्न भेला हुने,दारुपार्टी र भाले पार्टी गर्ने,जुवातास तथा गफ उध्योग चलाउने जनप्रतिनिधि र कर्मचारि र अन्य जोकोहिलाइ कार्वाही हुनुपर्ने ।

अन्तमा ,नागरिकहरुको जिवन रक्षा सत्ता र सरकारको दायित्व हो ।नागरिकका समस्यामा सरकार र प्रशासन मौन बसेको अबस्थामा न्यायिक पहलकदमी हाम्रो गौरवशाली संगठन युवा संगठन नेपाल र अखिल ( क्रान्तिकारी) लिइ छाड्ने प्रतिबद्दता सहितको जानकारी गराउदछौ ।
बोधार्थ

लय सहानी 
युवा संगठन नेपाल

प्रेम प्रशान्त बोहोरा

अखिल (क्रान्तिकारी )
रुकुम(पश्चिम)