नाै‌ हजार बढी क्वारेन्टाइनमा, एक हजार सात सयको नमुना परीक्षण

काठमाडौं, नेपालमा नौ हजारभन्दा बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नेपालमा नाै‌ हजार एक सय ६८ जना क्वारिन्टाइनमा रहेको जानकारी दिए। उनले विदेशबाट आएका तथा संकास्पद व्यक्ति क्वारेन्टाइनमा रहेको बताए।

प्रवक्ता देवकोटाले राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म एक हजार ६ सय ९७ नमुना परीक्षण भएको जानकारी दिए। उनले उपत्यकाबाहिर नाै‌ स्थानमा नमुना परीक्षण सुरु भएको बताए। उनका अनुसार अहिले नेपालभर एक सय सात जना आइसोलेसनमा छन्। जसमध्ये उपत्यकामा १२ र उपत्यका बाहिर ९५ जना उनले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिमको कैलाली, कन्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट सुरु गर्न मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। आजबाटै र्‍यापिड टेस्ट सुरु गरिने देवकोटाले जनाकारी दिए।

उनले मन्त्रालयकाे काेराेनासम्बन्धी वेब पेज र हाम्रो स्वास्थ्य मोबाइल एपबाट २४ घन्टामा एक हजार दुई सय ९१ जनाले सेल्फ इभ्यालुयसन गरेको बताए। जसमध्ये ५ जना ‘रेड जोन’मा रहेको र उनीहरूको फलोअप जारी रहेको उनकाे भनाइ छ।

अहिलेसम्म सेल्फ इभ्यालुएसन गर्नेको संख्या नाै‌ हजार तीन सय ८८ पुगेको पत्रकार सम्मेलनमा बताइएको छ। १४ दिनको क्वारेन्टाइनपछि के गर्ने ? उक्त प्रश्नको जवाफ दिँदै प्रवक्ता देवकोटाले भने– १४ दिनपछि पनि क्वारेन्टाइनमा बस्न आवश्यक छ। १४ दिनपछि पनि कोरोना संक्रमण देखिन सक्ने भएकाले क्वारेन्टाइनमा बस्न आवश्यक भएको उनको भनाइ छ।