अन्ततः कोरोना भाइरसले लियो पूर्वप्रधानमन्त्री जिब्रिलको ज्यान

काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भएका लिबियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रिलको मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको इजिप्टको राजधानी काइरोमा मृत्यु भएको हो ।

शनिवार मृत्यु भएका जिब्रिलमा केही दिन अघिमात्रै भाइरसको संक्रमण देखिएको बताइएको छ । जिब्रिल काइरोस्थित अस्पतालमा १० दिनदेखि आइसोलेसनमा थिए । उनी सन् २०११ मा गृहयुद्धका बेला साढे सात महिना लिबियाको अन्तरिम प्रधानमन्त्री भएका थिए ।