जिन्दगी एक दिन खरानी हुनेछ भोलि
प्रकासित मिति : २०७६ चैत्र २३, आईतवार १९:३८
प्रकासित समय : १९:३८
ढले जुन विहानि हुनेछ भोलि
जिन्दगी एकदिन खरानी हुनेछ भोलि ।
आउँछ काल लान्छ टप्प कस्को दोष
बोकी लानेत मलामि हुनेछ भोलि
उहीँ छाल उहीँ किनारा हुनेछन् साथि
जलेको चिता कहानि हुने छ भोलि ।
कस्ले कति खसाल्यो मोरो विदाइमा आँसु
उसैको ठूलो कुर्वानि हुने छ भोलि ।
जलेर ठेकी कोइला कोइला भयो भने
एक्लो घर मा मदानी हुनेछ भोलि।
२.
दुकान चलाई रहेछन् दूध खिर बेचेर
सडक पेटिमा फलफुल अविर बेचेर।
आज जिन्दगीले यस्तो पाठ पढाएको छ
बुढेसकालमा बाँच्नु पर्नेछ दुख्ख पिर बेचेर।
शान्तिको नाउमा परेवा उडाउछन् अचेल
बन्दुक किनेर धनुषबाण तिर बेचेर ।
छापा मारे पछि मुचुल्का यस्तो लेखेर पन्छियो
कमाएको रहेछ मायालुको तस्बिर बेचेर।
यो सहरमा पैसा यसरी पनि कमाउदा रहेछन्
बाहिर मदिरा सजाएर भित्र शरीर बेचेर।
युवा युवती दिनहु पलाएन भई रहेछन् विदेश
बा आमा को नामको खोरियान भिर बेचेर।