कोरोना रोकथामका लागि रोल्पामा किटनाशक औषधी छर्किइयो

रोल्पा, कोरोना भाइरस रोकथामका लागि सुनिल स्मृति गाउँपालिका रोल्पामा किट्नसक औषधी छर्किने काम भएको छ। भाइरसको रोकथामका लागि किटनाशक औषधी छर्किने काम भएको हो ।

स्थानिय अगुवाहरुबाट गाउँपालिका बिभिन्न ठाउँमा औषधी छर्किने काम भएको बताइएको छ । उक्त काममा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती मगरकाे नेतृत्वमा  नेकपाका नेता मनिराम बुढाथोकी,मुश्लीम संगठन रोल्पकाका अध्यक्ष सलमान खाँन,गाउँपालिकाका कर्मचारी,ब्यवसायीहरुको सहकार्यमा किटनाशक औषधी छर्किने काम भएको मुश्लिम संगठनका अध्यक्ष सलमान खाँनले जानकारी दिए । उक्त काममा स्वास्थ्यकर्मीहरूकाे समेत सहभागिता रहेकाे थियाे ।