बेलायतमा चार हजार कैदी रिहा गर्ने तयारी

कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप बेलायतमा चार हजार भन्दा बढी कैदी–बन्दीलाई अस्थायी रुपमा रिहा गर्ने तयारी भएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम रहेका कैदी–बन्दीलाई अस्थायी रुपमा रिहा गरिने भएको हो । यसरी रिहा हुने कैदी–बन्दी दुई महिना जेल बाहिर रहन्छन् । बन्दी रिहा गर्ने प्रक्रिया केही दिनमै सुरु हुनेछ ।

हिंसा तथा यौन अपराध र कोरोना भाइरससँग सम्बन्धित बाहेकका अपराधमा जेलमा रहेकाहरुलाई रिहा गर्ने बारे प्रक्रिया थालिएको हो । न्याय मन्त्रालयका प्रवक्ताले अधिकतम चार हजार बन्दीहरुलाई नयाँ नियम अनुसार अस्थायी रुपमा रिहा गरिने छ।