कोरोना भाइरसको खोपमा सफलता मिलेको चीनको दावी

काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दावी गरेको छ ।

कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दावी गरेको हो । खोप लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ।

उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयमसेवक फिर्ता भएका हुन् यद्यपि उनीहरुलाई अरु ६ महिना निगरानीमा राखिने बताइएको छ ।

उक्त अवधिमा उनीहरुको रगतको नमूना लिएर एन्टीबडिजई सुष्म अनुसन्धान गरिनेछ। शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १ जनाको सबै स्वास्थ्य परीक्षण ठीक रहेको जनाइएको छ ।