कोरोना भाइरसका कारण इटालीमा एकै दिन ६८१ को मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ३६२ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ८०५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २४ हजार ६३२ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक इटालीमा तीव्र देखिएको छ । इटालीमा संक्रमितमध्ये २० हजार ९९६ जना उपचारपछि निको भएका छन् । ३ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८८ हजार २७४ जना उपचाररत छन् ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार ४ सय ९० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ६७ पुगेको छ । एकै दिन ८३ हजार ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा ११ लाख ९९ हजार ७ सय ११ पुगेको छ ।
संक्रमितमध्ये २ लाख ४६ हजार १७४ जना उपचारपछि निको भएका छन् ।